IME Life New

प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच बैकिङ सेवा सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड र गैर आवासीय नेपाली सङ्घबिच सम्झौता भएको छ । यी दुई संस्थाबीच विदेशी मुद्रामा खोलिने खाता र अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको हो। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार “मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौ” भन्ने मुल नाराका साथ प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घको सहकार्यमा गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले जुनसुकै देशहरुबाट विदेशी मुद्रामा बचत खाता र मुद्धती खाता खोल्न तथा संचालन गर्न सक्ने छन्। यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको विदेशी मुद्रा कायम गरी खोल्न सकिने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन । जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ । तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS