IME Life New

प्रभु बैंकको १२ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको १२ लाख २५ हजार ४०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएकोमध्ये ९ लाख १७ हजार १०८ कित्ता शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुका लागिमात्र बिक्रीमा यस शेयरमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो। ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

त्यसैगरी बाँकी ३ लाख ८ हजार २८९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

बैंकले तोकेको यस अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS