IME Life New

प्रभु बैंकका ग्राहकले होटल गाउँबेसीको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका ग्राहकले होटल गाउँबेसी प्रालिमा छुट पाउने भएका छन् । प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जा स्थित होटल गाउँबेसी प्रा।लि। बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट वालिङ्ग शाखा कार्यालय प्रमुख सन्तोष कुमार पौडेल र होटल गाउँबेसी प्रा.लि.का तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल गाउँबेसी प्रा।लि।द्धारा सञ्चालित “फुड र वेभरेज” सेवामा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौता अन्तर्गत होटल गाउँबेसी प्रा।लि मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल गाउँबेसी प्रा।लि।का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS