IME Life New

प्रभु बैंकका ग्राहकले सीता प्यालेस होटलमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडैं । प्रभु बैंकका ग्राहकले सीता प्यालेस होटलमा छुट पाउने भएका छन् । प्रभु बैंक र सर्लाही स्थित सीता प्यालेस होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सीता प्यालेस होटलद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS