IME Life New

प्रभु बैंकका ग्राहकले बैना दोहोरी साझँमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा छुट पाउने भएका छन् । प्रभु बैंक र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि का तर्फबाट निर्देशक गोविन्द बहादुर घर्ती मगरले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त रेस्टुरेण्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि द्धारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

Esewa
Crest

उक्त सम्झौता अन्तर्गत बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा।लि का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS