IME Life New

प्रभु बैंकका ग्राहकले अत्तरीया हस्पिटलमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका ग्राहकले कैंलालीस्थित अत्तरीया हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र अत्तरीया हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

प्रभु बैंकमा खाता भएका सबै ग्राहकले अत्तरीया हस्पिटमा सञ्चालित (एक्स–रे, इसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन्आइसीयु, आइ।सी।यु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता अन्तर्गत अत्तरीया हस्पिटलबाट छुट प्राप्त गर्न ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS