IME Life New

प्रभु क्यापिटलले सेञ्चुरीलाई प्राप्ति गर्ने, बैशाख ९ गते बोलाए विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटल मर्ज हुने भएका छन् । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् ।

दुवै क्यापिटलले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न बैशाख ९ गते विशेष साधारणसभा गर्न लागेका छन् । प्रभु क्यापिटलको साधारणसभा रोयम संगी होटेलमा विहान ९ बजेबाट साधारण सभा शुरु हुने जनाएको छ भने सेञ्चुरी क्यापिटलको साधारण सभा आफ्नै कार्यालयमा विहान ९ बजे शुरु हुने जनाएको छ ।

Esewa
Crest

विशेष साधारण सभाले मर्जर तथा प्राप्ति सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि हालसम्म भएका निर्णय अनुमोदन गर्ने, डिडिए रेपोर्का आधारमा तय गरिएको १ः१ को स्वाप अनुमोदन गर्ने, तथा मर्जरको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

प्रभु क्यापिटलले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भएमा सो को लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव सभामा पेश गर्नेछ । प्रभु क्यापिटलले प्राथमिक शेयर निष्काशन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS