IME Life New

प्रभु क्यापिटलका हितग्राही ग्राहकले टोटल फिजिकल फिटनेसमा बम्पर छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ। क्यापिटलले डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको शारीरिक व्यायममा केही छुटको व्यवस्थाका लागि सम्झौता गरेको हो ।

गत साउन ३१ गते सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

क्यापिटलका ग्राहकले उक्त फिटनेस सेन्टरमा सेवा लिँदा २८ प्रतिशतसम्म छुट पाउनका साथै निःशुल्क साउना कुपन पाउने भएका छन्।यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर उक्त फिटनेस सेन्टरलाई उपलब्ध गराउनुपर्नेछ।

यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन्।काठमाण्डौको नयाँबानेश्वरमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ। यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एन्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरण छन्। उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात सुरुमा ७ दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाइनेछ।

खानपानमा समेत ध्यान दिँदै फिटनेस सेन्टरमा डायटिसियनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ। प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ।

हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS