IME Life New

प्रभु इन्स्योरेन्सको पूँजी ४६ प्रतिशतले वृद्धि हुँदा खुद नाफा भने ७ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ७० करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६५ करोड ३८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ८ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ३९  करोड ५४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

९ महिनाको अवधिमा कम्पनीले १४ करोड २ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ७ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ रुपैयाँ ३४  पैसा थियो ।

कम्पनीको जगेडा कोषमा २३ करोड ९४ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १५३  प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने ३० प्रतिशतले वृद्धि हुँदै ५१ करोड ३० लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम २९ करोड ३४ लाख छ भने खुद दावी भुक्तानी रकम १४   करोड ८९ लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ३० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले १४ करोड ६४ लाख रकम भुक्तानी हुन् बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS