IME Life New

‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ जेठ १७ गतेदेखि सुरु हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उदेश्यका साथ यो मेलाको आयोजना गर्न लागिएको हो । साथै,आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्य रहेको छ ।

यही २०८० जेठ १७ गते देखि असार १७ गते सम्म वागमत्ति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगरपालिका अन्तर्गत जाउलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । स्वदेशी वस्तुको उपभोगमा बृद्धि गराई उद्योग, कलकारखानाको विकासमा समेत यस मेलाले टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ । जुत्ता चप्पल उत्पादक समुह र ललितपुर महानगरपालिकाको आयोजनामा हुने उक्त मेला अवधि २०८० जेठ १७ गते देखि २०८० असार १७ गते सम्म १ महिना सञ्चालन हुनेछ । मेला भने विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरा“स फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, सुरभि पोलिमर्सको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको डि.जे. शुज गरि ९ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।

Esewa
Crest

मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् । मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ । मेला अवधिभरमा ५ करोडको कारोवार गर्ने लक्ष्य राखिएकोछ । मेलाको भ्रमणका लागि सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS