IME Life New

प्रथम त्रैमासमा १९ जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन २३ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ अर्ब २० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा उक्त बीमाशुल्क आर्जन गरेका हु्न् ।

समितिको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा ६ अर्ब ९६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा चार अर्ब २ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समिक्षा अवधिमा नेशनल लाइफले २ अर्ब रुपैयाँ, एशियन लाइफले ९८ करोड रुपैयाँ, मेट लाइफले ९३ करोड रुपैयाँ, यूनियन लाइफले ७० करोड रुपैयाँ, प्राइम लाइफले ६९ करोड रुपैयाँ, गुराँस लाइफले ६८ करोड रुपैयाँ र सूर्या लाइफले ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

सिटिजन लाइफले ३० करोड रुपैयाँ, आइएमई लाइफले २५ करोड रुपैयाँ, ज्योति लाइफले २३ करोड रुपैयाँ, रिलायन्स लाइफले २३ करोड रुपैयाँ, सन नेपाल लाइफले १८ करोड रुपैयाँ, रिलायबल लाइफले १७ करोड रुपैयाँ, सानिमा लाइफले १३ करोड रुपैयाँ, प्रभु लाइफले १२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS