IME Life New

प्रथम त्रैमासमा एभरेष्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ। यस अवधिमा बैंकको अधिकांश सूचकमा बृद्धि भएको छ ।

यस अवधिमा बैंकको खुद नाफा ४८ दशमलव ९५ प्रतिशत बढेको छ । यस अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२ दशमलव ६८ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ३२ प्रतिशत र सञ्चालन मुनाफा ४८ दशमलव ८९ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ५ दशमलव ४५ प्रतिशत बढेको छ भने निक्षेप ० दशमलव ६४ प्रतिशत र कर्जा १ दशमलव ७२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS