IME Life New

प्रति शेयर नेटवर्थ रू. ४८ रहेको अर्किड होल्डिङ्समा एशियन लाइफको प्रतिकित्ता रू. १५० लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स मुख्य लगानीकर्ता रहेको अर्किड होल्डिङ्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति नपाउने संभावना बढेको छ। नेपाल धितोपत्र बोर्डले  प्रति शेयर ९० रूपैयाँभन्दा कम नेटवर्थ हुने कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिने तयारी गरेपछि यो कम्पनीको प्रस्ताव तुहिने संभावना बढेको हो।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई सर्वसाधारणको पूँजी लगानी सुरक्षित गर्नका लागि उच्च घाटाका कारण प्रति शेयर नेटवर्थ ९० रूपैयाँ भन्दा कम हुने कम्पनीको आईपीओ निष्काशन रोक्न निर्देशन दिएको छ। २०८० पुस १२ गते ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयरी जारी गर्न दिने गरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएको थियो ।

Esewa
Crest

यही निर्देशनको आधारमा बोर्डले अर्किड होल्डिङ्स समेतका १५ वटा कम्पनीको आईपीओ प्रस्ताव अस्वीकृत गर्ने भएको हो । बोर्डका अनुसार रवि भवनमा चार तारे स्तरको होटल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको होल्डिङ्सको प्रति शेयर नेटवर्थ जम्मा ४८ रूपैयाँ छ।

कम्पनीको कूल सम्पत्तिबाट कूल दायीत्व घटाउँदा बाँकी रहेको सम्पत्तिका आधारमा हो नेटवर्थ(खुद सम्पत्ती) गणना गरिन्छ । यसरी बाँकी रहेको सम्पत्तिलाई कम्पनीको कुल शेयर संख्याले विभाजन गरेर प्राप्त हुने अंक नै कम्पनीको प्रतिशेयर खुद सम्पत्ती (नेटवर्थ) मानिन्छ।

होल्डिङ्सको संस्थापक शेयर खरिदका लागि एशियन लाइफ इन्स्योरेन्सले प्रति शेयर १५० रुपैयाँ सम्म लगानी गरेको छ। एशियन लाइफले ओभर द काउण्टर(ओटिसी) बाट होल्डिङ्सको संस्थापक शेयर खरिद गरेको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार होल्डिङ्समा एशियन लाइफले ४३.१९ प्रतिशत शेयर स्वामित्व धारण गरेको छ।

होल्डिङ्सले आईपीओ निष्काशनका गत वर्ष मंसिर १३ गते निवेदन दिएको हो । यसले प्रति कित्ता रू. १०० का दरले १ करोड १५ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको छ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको यो कम्पनीले सर्वसाधारणबाट १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी जुटाउने योजना बनाएको छ।

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले गत मार्च महिनामा जारी गरेको प्रेस विज्ञप्ती अनुसार होटलले १ अर्ब ३७ करोड ९८ लाख रूपैयाँ बैंक कर्जा प्रयोजनका लागि गरेको रेटिङमा तल्लो स्तरको रेटिङ मूल्याङ्कन पाएको छ। केयर रेटिङका अनुसार होल्डिङ्सलाई तोकिएको मूल्याङ्कनले यसको कमजोर वित्तीय जोखिम व्यवस्थापन क्षमतालाई प्रतिबिम्बित गरेको छ। लगातारको घाटाका कारण यसको वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता कमजोर रहेको आर्थिक वर्ष २०७९।८० को लेखा परिक्षण पछि गरिएको रेटिङका आधारमा केयर रेटिङले टिप्पणी गरेको छ ।

सार्वजनिक लेखा समितिको निर्देशनका कारण होल्डिङ्सले तत्कालै सर्वसाधारणबाट पूँजी जुटाउने संभावना क्षीण भएको छ। होल्डिङ्सले एक अर्ब भन्दा बढी लगानी रहेको क्राउन इम्पेरियल होटल सञ्चालनको शुरूवात देखि नै लगातार घाटामा छ । पछिल्लो दुई वर्षयता कारोबार रकममा सुधार भएपनि समानस्तरको अन्य होटल बराबर कारोबार गर्न सकेको छैन । कुल १३१ वटा कोठा रहेको क्राउन इम्पेरियल होटलको कारोबार रकमको आधारमा औसत प्रति शयन कक्ष प्रतिफल(एभरेज रूम रेट) पनि न्यून छ।

प्रतिनिधि सभा लेखा समितिले निर्धारण गरेको मापदण्ड अनुसार शेयर निष्काशनको अनुमति प्राप्त गर्नका लागि अर्किड होल्डिङ्सले कारोबार बढाउँदै नाफा कमाउनु पर्छ। नाफा कमाएर नेटवर्थ वृद्धि गर्न सकेको अवस्थामा मात्र शेयर निष्काशनको अनुमति प्राप्त गर्न संभव हुनेछ।

बोर्डका अनुसार आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीमध्ये प्रति शेयर नेटवर्थ ५० रुपैयाँभन्दा कम हुनेमा आर्किड होल्डिङ्सबाहेक लाफिङ बुद्ध पावर नेपाल र सोपान फार्मास्युटिकल्स समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS