IME Life New

प्युजो र सिट्रोन गाडी खरिदमा नबिल बैंकबाट सहजै कर्जा प्राप्त गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएको गाडी खरिद गर्न नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौंता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौंता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौंतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

समझौता अनुसार यो योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ। बैंकका अनुसार नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS