IME Life New

पौने दुई खर्ब रुपैयाँ नाघ्यो नेपाल लाइफले बीमितलाई तिर्नुपर्ने दायीत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई भुक्तानी दिनुपर्ने दायीत्वको आकार पौने दुई खर्ब रुपैयाँभन्दा बढी छ। नेपाल लाइफले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रतिवेदन अनुसार बीमा करारवापत सिर्जित वित्तीय दायीत्व १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी नाघेको छ।

नेपाल लाइफले आफ्नो बीमितका लागि जारी गरेको अल्पकालीन तथा दीर्घकालीन बीमा योजना अन्तर्गत १ खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिनुपर्नेछ । त्यसअघि गत असोज मसान्तसम्म नेपाल लाइफको बीमा करारीय दायीत्व अन्तर्गत बीमितलाई भुक्तानी गर्नुपर्ने रकम १ खर्ब ७५ अर्ब २१ करोड ४३ लाख रुपैयाँ रहेको थियो। त्रैमासिक अवधिभित्र यस्तो कुल दायीत्व ८ अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको छ।

Esewa
Crest

बीमितलाई बीमालेख बिक्री गरेपछि बीमालेखवापत जीवन वा निर्जीवन बीमा कम्पनीले बीमितलाई बीमालेखको बीमाङ्क र अन्य शर्तले खाम्ने गरी दायीत्ववापतको रकम निश्चित अवधिभित्र पूर्व निर्धारण गर्नुपर्छ । बीमितबाट बीमाशुल्कवापत संकलित रकमलाई विभिन्न सुरक्षित क्षेत्रमा लगानी गरेर प्राप्त हुने प्रतिफल समेत जोडेर सामान्य अवस्थामा बीमितलाई भुक्तानी दिन्छ। यसबाहेक बीमा अवधि पुरा नहुँदै बीमालेखको विशेष शर्त अन्तर्गत कुनै दाबी परेको अवस्थामा जीवन बीमा कम्पनीले खुद धारण सीमासम्मको रकम बीमा कोषबाट र त्योभन्दा अधिक रकम पुनर्बीमा कम्पनीबाट बीमितलाई भुक्तानी दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS