IME Life New

पोलिसी बजार डटकमको शेयरमा १६ गुणा भन्दा बढी आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतमा अनलाइन माध्यमबाट विभिन्न कम्पनीहरुको बीमा‌ योजना बिक्री गर्दै आएको संस्था पोलिसी बजारले निष्काशन गरेको साधारण शेयरमा १६.५९ गुणा भन्दा बढी आवेदन परेको छ।

भारतीय संचारमाध्यमका अनुसार पोलिसी बजार डटकमको संस्थापक कम्पनी पीबी फिन्टेकको शेयरका लागि ३ दिनको अवधिमा १५.५९ गुणाले अतिरिक्त आवेदन परेको हो ‌। ३४.५ मिलियन शेयरका लागि आवेदन खुलाएकोमा ५७२।३ मिलियन आवेदन दर्ता भएको छ। भारु ५,७१० करोड रुपैयाँ पूँजी जुटाउनको लागि शेयर बिक्रीमा राखिएको थियो। यो मध्ये साधारण शेयरवापत भारु ३७५०‌ करोड छुट्याइएको थियो । बाँकी रकम शेयर अफर फर सेल मार्फत बिक्री गरिएको छ।

Esewa
Crest

कम्पनीको संस्थापक शेयरधनीहरुले सार्वजनिकरुपमै आफ्नो हिस्साको शेयरको केही अंश बिक्रीमा ल्याएर कम्पनीमा आफ्नो लगानी घटाउने प्रकृयालाई अफर फर सेल भनिन्छ। यसमा संस्थापक शेयर बिक्रीमा राखिएको हुन्छ।

प्रिमियम मूल्यमा शेयर बिक्रीमा ल्याएको पिबि फिनटेकको शेयरको मूल्य ब्याण्ड भारु ९४० देखि ९८० सम्म कायम रहेको थियो।शेयर बाँडफाँडको निर्णय १० अक्टोबरमा हुनेछ।

नयाँ शेयर निष्कासनबाट प्राप्त हुने शुद्ध आम्दानी ब्रान्ड प्रवर्द्धन, नयाँ अवसरहरूको लागि लगानी गरिने पिबि फिनटेकले घोषणा गरेको छ। यसका अतिरिक्त रणनीतिक लगानी र अधिग्रहण, भारत बाहिर समेत सेवा बिस्तार र सामान्य संचालन लागतमा समेत यो रकम उपयोग हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS