IME Life New

पेशागत अभिकर्ता संघमा पनि भ्रष्टाचार भयो भन्ने सुन्दा नरमाइलो लाग्योः कानून मन्त्री गुरुङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कानून मन्त्री धनराज गुरुङले अभिकर्ता स‌ंगठनमा पनि भ्रष्टाचार विद्यमान रहेकोमा चिन्ता व्यक्त गर्दै यसका लागि अभिकर्ताले नै सुधारको पहल गर्नुपर्ने सुझाव दिएका छन् । पेशागत अभिकर्ता स‌ंघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको विशेष अधिवेशनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो सुझाव दिएका हुन् ।

मन्त्री गुरुङले सहभागिहरुलाई वितरण गरिएको विशेष अधिवेशनका मुख्य एजेण्डा समेटिएको पर्चाको प्रसङ्ग कोट्याउँदै भने,” तपाईहरुले दुःख गरेर निर्माण गरेको संगठनमा पनि भ्रष्टाचार भएको अभिकर्ता साथीहरुको पसिनामा होली खेलेको सुन्दा ज्यादै नरमाइलो लाग्यो । तपाईहरुको पीडा बोध भयो । सदस्यता शुल्क पनि गायब भएको छ। कहाँ हो, कहाँ । यहाँ निर( भ्रष्टाचार ) नहोला भन्ने सोचेको थिए, तर सदस्यता शुल्क नै हराए छ। यसमा तपाईहरु आफैंले सुधार गर्नुहोस् ।”

Esewa
Crest

उनले व्यङ्गय गर्दै भने, ”कन्भिन्सिङ पावर भएका अभिकर्ताहरुसँग आधा घण्टा बस्न पाए पनि केही राम्रो कुरा सिकिएला भनेर आएको, भ्रष्टाचारको कुरा यहाँ पनि रहेछ। त्यसैले अलमलमा परे।तपाईसँग भएको कन्भिन्सिङ पावर मलाई पनि सरोस् समकालीन राजनीतिक साथीहरुलाई झूठो खेती नगर्नुहोस् भन्ने सिकाउन सकूँ ।”

उनले नेपालमा जुनसुकै क्षेत्र भ्रष्टाचारबाट ग्रसित भएकोमा चिन्ता व्यक्त गर्दै भने,”हाम्रो देशको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार नै हो ।  उनले आफू भ्रष्टाचार र भ्रष्टाचारीविरुद्धको अभियानमा गम्भीरतापूर्वक लागेर पार्टी केन्द्रीय समिति, मन्त्री परिषद् बैठक र प्रधानमन्त्री समेतलाई भ्रष्टाचारका ठूला ठूला फाइले खोलेर कारवाही अघि बढाउनुपर्ने सुझाव दिंदै आएको बताए ।

मन्त्री गुरुङले भने,”केही मित्रहरूले मलाई भन्नुहुन्छ, भ्रष्टाचारीविरूद्ध अभियान छेडे मन्त्री पद फुस्किएला, मैले पनि भन्ने गरेको छु फुस्किए फुस्किन्छ तर मूल ध्येय देश निर्माण गर्ने हो ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS