IME Life New

पृथ्वीको यो हिस्सामा छ अर्बौं डलरको ‘गुलाबी हीरा’को खानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा किम्बरली क्षेत्रमा अवस्थित अर्गाइल खानीमा पृथ्वीमा अहिलेसम्म भेटिएका गुलाबी हीराहरुको सबैभन्दा ठूलो भण्डार छ। अशुद्ध नीलो र पहेँलो हीराको विपरीत गुलाबी हीराहरुले भौगोलिक प्रक्रियाहरुमार्फत आफ्नो रङ प्राप्त गर्छन्।
इन्टरनेसनल जेम सोसाइटीका अनुसार गुलाबी हीरा अत्यन्त दुर्लभ हुन्छन् र प्रतिक्यारेट २० लाख डलर पर्छ। हीराको आपूर्ति घट्दै गएको र सञ्चालन लागत बढेको कारण अर्गाइलका ती खानी सन् २०२० मा बन्द भएका थिए।

अर्गाइल तालको किनारमा रहेको खानीको स्वामित्वमा रहेको कम्पनी रियो टिन्टोका अनुसार खानी सञ्चालन ३७ वर्षसम्म चलेको थियो र ८६ करोड ५० लाख क्यारेट (१९१ टन वा १७२ मेट्रिकटन) रफ हीरा उत्पादन भएको थियो। यसमा सेतो, नीलो, बैजनी, गुलाबी र रातो हीरा समावेश छन्।

Esewa
Crest

अर्गाइल रक फर्मेसन हीराका लागि असामान्य स्थान हो। किनकि यो महाद्वीपको छेउमा अवस्थित छ। त्यहाँ प्रायः हीरा किम्बरलाइट चट्टान संरचनाहरुमा पाइन्छ तर आर्गाइल ढाँचामा एक प्रकारको ज्वालामुखी चट्टान रहेको। जसलाई ओलिभिन ल्याम्प्रोइट भनिन्छ।

सन् १९७९ मा उक्त स्थल पत्ता लागेपछि अनुसन्धानकर्ताहरुले अर्गाइलमा चट्टानहरु पत्ता लगाएका थिए। प्रारम्भिक नतिजाहरुले तिनीहरुको उमेर १.१ देखि २ अर्ब वर्षको बीचमा रहेको बताइएको थियो। तर, गत वर्ष गरिएको नयाँ अध्ययनले चट्टानहरु १.२ अर्ब वर्ष पुरानो देखाएको छ।

नयाँ अनुसन्धानले देखाउँछ कि अर्गाइल ढाँचा सुपरमहाद्वीप नुनाको ब्रेकअपमा प्रारम्भिक रुपमा उत्पन्न भएको थियो। जसले हीरा कसरी बन्यो र तीमध्ये धेरै किन गुलाबी छन् भनेर संकेतहरु प्रदान गर्दछ। गुलाबी हीराहरु टेक्टोनिक प्लेटहरु टक्कर हुँदा हुने विशिष्ट ताप र दबाब अवस्थाहरुद्वारा सिर्जना गरिन्छ। यी टक्करहरुको सरासर बलले पूर्व अवस्थित हीराहरुको क्रिस्टल जालीहरु झुकाउन सक्छ। ता कि तिनीहरु गुलाबीका विभिन्न रङमा परिणत हुन्छन्।

उक्त महामहाद्वीप नुना लगभग १.८ अर्ब वर्ष पहिले पृथ्वीको क्रस्टका दुई भाग ठोक्किएपछि बनेको थियो। ती क्षेत्रहरु जहाँ टक्कर भएको मानिन्छ, वर्तमान समयको अर्गाइल ढाँचासँग ओभरल्याप भएको छ। त्यही टक्करले अर्गाइलमा गुलाबी हीरालाई जन्म दिएको खोजबाट पत्ता लागेको थियो। तर, त्यसबेला हीराहरु क्रस्टभित्रै गाडिएका थिए। ५० करोड वर्षपछि टेक्टोनिक प्लेटहरु एक–अर्काबाट टाढा सर्न थालेपछि नुना फुट्न थालेपछि हीरा बोक्ने चट्टान पृथ्वीको सतहमा आएको वैज्ञानिकहरुको विश्वास छ। ती चट्टानमा खैरो हीरा पनि प्रशस्त थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS