IME Life New

पुल्चोकमा सिटिजन लाइफको शाखा, छिट्टै देशब्यापी सेवा दिने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा बिस्तार गरेको छ । आइतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

Esewa
Crest

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । उक्त शाखाको समुद्घाटनसंगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवाकेन्द्रहरुमार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सबैथरिका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब चुक्तापुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्तापुंजी रु.२.५० अर्ब पुर्याउने लक्ष्य  लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS