IME Life New

पुरानै पूँजी संरचना लिएर राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा स‌ंस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको छ। मन्त्री परिषदको कात्तिक १६ गतेको बैठकले स‌ंस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय मन्त्री परिषदले गरेको हो ।

बीमा ऐन २०७९ को दफा १७२ को उपदफा(३) खण्ड क बमोजिम हालकै पूँजी स‌ंरचना कायम गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने निर्णय मन्त्री परिषदले गरेको नेपाल बीमा प्राधिकरणलाई शुक्रबार जारी गरिएको अर्थमन्त्रालयको पत्रमा उल्लेख छ। बीमा ऐनको प्रावधान अनुसार ऐन लागू भएको मिति कात्तिक २२ गतेबाट १ वर्ष भित्रै पब्लिक लिमिटेड कम्पनीमा परिणत भइसक्नुपर्ने बाध्यकारी अवस्था छ। संस्थान सञ्चालक समितिले कम्पनीमा रूपान्तरणका लागी कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष निवेदन दिइ सकेको छ।

Esewa
Crest

बीमा ऐन २०७९ अनुसार कम्पनीमा रुपान्तरण हुनेसँगै न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यकारी अवस्थामा रहेको स‌ंस्थानलाई मन्त्री परिषदको निर्णयले चुक्ता पूँजी सम्बन्धी प्रावधानबाट तत्कालका लागी राहत मिलेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS