IME Life New

पाँच वर्षमा २८%ले खुम्चियो नेपाल लाइफको नयाँ व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यापारको आकार पछिल्लो ५ वर्षमा २८ प्रतिशतले खुम्चिएको छ। इन्स्योरेन्सले प्रकाशन गरेको आर्थिक वर्ष (आव) २०७९।८० को वित्तीय विवरण अनुसार आव २०७५।७६ को तुलनामा नयाँ बीमालेख बिक्रीवापत प्राप्त हुने प्रथम बीमाशुल्क रकम आम्दानी २८ प्रतिशतले खुम्चिएको हो।

आर्थिक वर्ष २०७५।७६ मा बीमालेख बिक्रीबाट नेपाल लाइफले कुल ९ अर्ब २६ करोड ३० लाख रुपैयाँ र आव २०७९।८० मा ६ अर्ब ६६ करोड ७० लाख रुपैयाँमा सीमित हुन पुगेको छ। आव २०७५।७६ को तुलनामा रकमका हिसाबले आव २०७९।८० को बीमाशुल्क आम्दानी २ अर्ब ५९ करोड ६० लाख रुपैयाँले कम हो।

Esewa
Crest
नेपाल लाइफको विगत पाँच आर्थिक वर्षको प्रथम बीमाशुल्क आम्दानी । श्रोत :नेपाल लाइफको वित्तीय विवरण

लाइफको हिस्सा २६ प्रतिशत थियो। आव २०७९।८० मा जीवन बीमकले कुल ३१ अर्ब १४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा नेपाल लाइफको हिस्सा जम्मा २१ प्रतिशत रहेको थियो।
नयाँ जीवन बीमा कम्पनीको प्रवेशले प्रतिस्पर्धा बढेसँगै नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानीमा नयाँ व्यापारको हिस्सा क्रमशः ओरालो लाग्दै गएको छ। नेपाल लाइफको वित्तीय विवरणअनुसार आव २०७६।७७ मा सञ्चालन खर्च कटौतीका लागि अभिकर्ता इन्सेन्टिभ वितरणमा मुठी कस्न थालेकाले त्यसको प्रभाव पनि नयाँ व्यवसायमा देखिएको छ।

इन्स्योरेन्सका अनुसार आव २०७५।७६ मा अभिकर्ता कमिसन, इन्सेन्टिभलगायतका खर्चबापतको रकम कुल बीमाशुल्क आम्दानीको अनुपातमा १८.५८ प्रतिशत रहेको थियो। गत आव २०७९।८० मा आएर यस्तो कमिसन, इन्सेन्टिभ वापतको रकम ३९ प्रतिशतले खस्किएर ११.३३ प्रतिशतमा सीमित हुन पुगेको छ।

अर्कोतर्फ नियामकीय प्रावधानमा परिवर्तन गर्दै नेपाल बीमा प्राधिकरणले बीमालेख समर्पणको प्रावधानमा कडाइ गरिदिएपछि बीमालेख समर्पण गराउँदै त्यही पैसाले पुनः नयाँ बीमालेख जारी गर्ने प्रवृत्तिमा धेरै हदसम्म अंकुश लागेको छ। साथै, एकल बीमाशुल्क भुक्तानीको बीमाशुल्कमा बीमा गरेकै दिन ३० दिन पुरानो मितिमा बीमालेख जारी गरेर कर्जा सुविधा उपलब्ध गराउँदै आएकोमा त्यसमा पनि प्राधिकरणले प्रतिबन्ध लगाई दिएको छ।

बीमितले पाउने बोनस दरलाई बजारीकरणको मुख्य अस्त्र बनाएकोमा पछिल्लो समयमा अन्य जीवन बीमकले बोनस दरमा उछिनेपछि बोनस दरको आकर्षण पनि खस्किँदै गएको छ।

व्यापार हिस्सा खुम्चिन नदिनका लागि नेपाल लाइफको व्यवस्थापनले पछिल्लो समयमा वैदेशिक रोजगार बीमाको व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ। डिजिटल भुक्तानी सेवा प्रदायकहरुले दिएको जानकारीअनुसार म्यानपावर कम्पनीहरुलाई नेपाल लाइफले प्रतिबीमालेख ७५० रुपैयाँसम्म अवैध कमिसन अफर गरिरहेको छ।

सर्वाधिक बोनस दरको झुठो प्रचार

बजारीकरणका लागि नेपाल लाइफले ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म वार्षिक बोनसदर भन्दै सर्वसाधारणमा भ्रम झरेर सुरुदेखि नै बजारीकरण गर्दै आएको थियो। वास्तवमा नेपाल लाइफको न्यूनतम घोषित बोनसदर सुरुदेखि नै आव २०७५।७६ सम्म जम्मा रु. ४० रहेको थियो। एकल बीमाशुल्क भुक्तानीबापत जारी गरिने जीवन शान्ति सावधिक बीमालेखमा नेपाल लाइफको घोषित बोनसदर आव २०५७।५८ देखि आव २०७५।७६ सम्म नै ४० रुपैयाँ नै थियो। आव २०७६।७७ मा मात्र आएर यो बीमालेखको बोनसदर ६० रुपैयाँ पुगेको थियो। तर, आव २०७६।७७ मा समेत नेपाल लाइफकले जारी गरेको जीवन समृद्धि जीवन बीमाको न्यूनतम बोनसदर ५६ रुपैयाँमात्र थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS