IME Life New

पहिलो त्रैमासमा फरवार्ड माइक्रोफाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव २० प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी २७ दशमलव ७५ प्रतिशत घटेको छ। उक्त अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ३५ प्रतिशत बढेको छ । जगेडा कोष ४० दशमलव ३५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप १७ दशमलव २४ प्रतिशत बढेको छ । कर्जा लगानी ११ दशमलव ९८ प्रतिशतले बढेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS