IME Life New

पहिलोपटक जीवन बीमालेख किन्दै हुनुहुन्छ ? यी कुरा दिमागमा राख्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार वर्षअघि देखा परेर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसपछि पनि देखा परेको विभिन्न भेरिएन्ट(प्रकार) का कारण अहिलेको कथित आधुनिक युगमा पनि मानिसको आयुलाई लिएर अनिश्चितता निक्कै बढेको छ। यस्तो अवस्थामा फ्याट्ट आफूलाई मानिसहरु जीवन बीमालेख किनिरहेका छन्।

विशेषगरी युवाहरुमा जीवन बीमालेख खरिद गर्ने प्रवृत्ति पनि बढेको छ। भविष्यको योजना बीमा खरिद गरेर राम्रो बनाउन सकिन्छ। यसले अध्ययन, विवाह र सेवा निवृत्ति आदिको राम्रो योजना बनाउन मद्दत गर्दछ। तर, पोलिसी खरिद गर्दा एउटा कुरा ध्यानमा राख्नुहोस् कि केवल एउटा पोलिसी किनेर तपाइँका सबै लक्ष्य हासिल गर्न सकिँदैन। तपाइँले बालबालिकाको शिक्षा, विवाह र आफ्नो अवकाश योजनाका लागि विभिन्न प्रकारका पोलिसीहरु खरिद गर्नुपर्नेछ। त्यसो भए यदि तपाइँ पनि पहिलोपटक जीवन बीमालेख खरिद गर्न जाँदै हुनुहुन्छ भने केही कुरा दिमागमा अवश्यक राख्नु धेरै महत्वपूर्ण हुन्छ।

Esewa
Crest

आफ्नो आम्दानीको १० प्रतिशतसम्म कभर लिनुहोस्

जीवन बीमा गर्दा धेरैजसो मानिस कति बीमांकबराबरको बीमा गर्ने भन्नेमा अन्यौलमा हुन्छन्। यस्तो अवस्थामा धेरैजसो अभिकर्ताले ग्राहकलाई आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशतको बीमा कभर गर्नुपर्ने सुझाव दिन्छन्। यसका साथै तपाइँले आफ्नो खर्च र आवश्यकतानुसार बीमा रकम पनि छनौट गर्न सक्नुहुन्छ। बीमा कभर तपाइँको भविष्यको आवश्यकता, ऋण, बचत र जीवनशैलीमा पनि निर्भर गर्दछ।

आर्थिक आवश्यकताहरु ख्याल गर्नुहोस्

उमेरको हरेक चरणमा मानिसको आर्थिक आवश्यकता फरक–फरक हुन्छ। यस्तो अवस्थामा तपाइँलाई बीमालेखको पैसा चाहिने बेलामा ध्यानमा राख्नु धेरै महत्वपूर्ण हुन्छ। छोराछोरीको पढाइअनुसार बीमा लिँदै हुनुहुन्छ भने उनीहरुको आवश्यकता फरक पर्नेछ। विवाह योजना र अवकाश योजना फरक हुनेछ। त्यसकारण पहिले आफ्नो आवश्यकता बुझ्नुहोस् र उपयुक्त बीमालेख छनौट गर्नुहोस्।

पोलिसी लिनुअघि उचित अनुसन्धान गर्नुहोस्

बीमालेख खरिद गर्नुअघि यसका बारेमा उचित अनुसन्धान गर्न धेरै महत्वपूर्ण छ। आजकल बजारमा धेरै प्रकारका कम्पनी छन्। यस्तो अवस्थामा धेरैपटक मानिसहरु पोलिसी खरिद गर्नुअघि अन्यौलमा पर्छन्। त्यसैले बीमालेख खरिद गर्नुअघि तपाइँले सबै जानकारी प्राप्त गर्नुपर्छ। यसका लागि विज्ञको सहयोग पनि लिन सकिन्छ। त्यसपछि तपाइँले बीमालेखको दाबी भुक्तानीबारे पनि राम्ररी बुझ्नुपर्छ। अनि मात्रै बीमालेख खरिद गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS