IME Life New

पहिलाे राष्ट्रिय बीमा नीति मन्त्री परिषदबाट चाँडै पारित हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपालकाे बीमा क्षेत्रलाई मार्ग दर्शन गर्ने उद्देश्यले पहिलाे पटक राष्ट्रिय बीमा नीति जारी गरिने भएकाे छ। नीतिकाे मस्याैदा अर्थ मन्त्रालय मातहतकाे नीति विश्लेषण महाशाखामा रहेकाे छ ।

नीतिकाे मस्याैदा मन्त्री परिषदमा एक पटक पेश भएर छलफल सहित फिर्ता भइसकेकाले महाशाखाले अर्थ मन्त्रालयमार्फत् मन्त्री परिषदसमक्ष नीति पेश गरेलगत्तै पारित हुनेछ।

Esewa
Crest

चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा स‌ंघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागी बीमा नीति जारी गरिने उल्लेख गरेकाे छ। यसै बमाेजिम नीति बनाउने जिम्मा नेपाल प्राधिकरणले पाएकाे थियाे । नीतिकाे आम नेपाली समक्ष बीमाकाे दायरा बिस्तार गर्ने र सर्व सुलभ ढंगले बीमाकाे पहुँच पुर्‍याउने मुख्य उद्देश्य रहनेछ। नीतिकाे कार्यान्वयनकाे सुपरिवेक्षण अर्थ मन्त्रालयलले र कार्यान्वयनकाे सुनिश्चितता प्राधिकरणले गर्नेछ।

बीमाकाे पहुँच बिस्तार, बीमामा अनुदान, बीमाकाे दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाकाे उपयाेग लगायतका विषयहरू बीमा नीतिमा समेटिनेछ । दीर्घकालीन लक्ष्य, मुख्य उद्देश्य र विशेष उद्देश्य परिभाषित गर्नेछ । साथै निर्दिष्ट उद्देश्यहरु प्राप्तीका लागी अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा पनि बीमा नीतिमा समावेश गरिनेछ। प्रस्तावित नीतिमा राष्ट्रिय बीमा नीति कार्यान्वयन गर्नकाे लागी कुन कुन आवश्यक संस्थागत संरचना आवश्यक हुनेछ भन्ने विषय पनि समेटिएकाे छ।

बीमा ऐन २०७९ काे दफा ५ मा प्राधिकरणकाे काम, कर्तव्य, अधिकार अन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी नेपाल सरकारसमक्ष सिफारिश गर्ने उल्लेख छ।

प्रस्तावित नीतिमा समावेश गरिएका मुख्य उद्देश्यहरुः

सीमान्तकृत वर्गमा जाने

आधुनिक प्रविधि ल्याउने

प्रभावकारी नियमन गर्ने

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलाउने

बीमालाई प्रविधि मैत्री बनाउने

बीमाकाे जागरण गराउने

बीमा नीति हालसम्म जारी नभए पनि स्वास्थ्य उपचारमा आम पहुँच विस्तार गर्न र सर्वसाधारणलाई स्वास्थ्य उपचार खर्चकाे भारबाट मुक्त बनाउनका लागी पहिलाे पटक राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ जारी गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS