IME Life New

परिपक्व बीमा र अग्रिम भुक्तानीकाे रकम जीवन बीमकले ‘हाेल्ड’ गर्न नपाउने व्यवस्था ल्याउँदै बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमित सम्पर्कमा नआएको भन्दै लामो समयसम्म बीमा दाबी भुक्तानी गर्न आलटाल गर्दै आएका जीवन बीमा कम्पनीहरुले अब बहाना गर्न नपाउने भएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुले अग्रिम भुक्तानी(सर्भाइभल बेनिफिट) र परिपक्व भुक्तानी (म्याचुरिटी बेनिफिट) वापतको रकम तत्कालै बीमितको बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान ल्याउने तयारी गर्दैछ ।

बीमा समितिका एकजना अधिकारीका अनुसार अब बीमित सम्पर्कमा नरहेको, भुक्तानी फछ्र्यौट पूर्जा(डिस्चार्ज भौचर) मा बीमितको हस्ताक्षर बिना भुक्तानी दिन कठिनाई भएको लगायतको बहानामा लामो समयसम्म परिपक्व बीमा दाबी र अग्रिम भुक्तानी दाबीवापतको रकम आफ्नै कब्जामा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नीतिगतरुपमै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।

Esewa
Crest

अब म्याचुरिटी क्लेम र सर्भाइभल बेनिफिट वापतको रकम दाबी भुक्तानी गर्न जीवन बीमकले भुक्तानी फछ्र्यौट पूर्जामामा बीमितको हस्ताक्षर गराउनुपर्ने छैन, ती अधिकारीले भने, ग्राहक पहिचान फारममार्फत् बीमितको बैंक खाता अध्यावधिक गरेर सिधै खातामै रकम जम्मा गरिदिए हुनेछ ।

बीमित सम्पर्कमा नरहेको भन्दै परिपक्व दाबी भुक्तानी र अग्रिम भुक्तानीवापतको अर्बौ रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स लगायत ठूला जीवन बीमकले आफूसँगै राखेर ब्याज आम्दानी गरिरहेका गुनासो व्यापक आएपछि बीमा समितिले चासो देखाएको हो । नेपाल लाईफले मात्रै पनि भुक्तानी गर्न बाँकी बीमा दाबीवापतको रकम २ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS