IME Life New

न स्टेयरिङ ह्विल न त पेडल नै ! एलन मस्कले ल्याए रोबोटट्याक्सी, मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले क्यालिफोर्नियाको बर्ब्यांकमा आयोजित एक कार्यक्रममा कम्पनीको नयाँ रोबोटट्याक्सी साइबरक्याबको अनावरण गरेका छन्। यो रोबोटट्याक्सी लामो समयदेखि प्रतीक्षा थियो। मस्कले घोषणा गरे कि यसको उत्पादन २०२६ का रुपमा सुरु हुन सक्छ र यो चालकविहीन इलेक्ट्रिक गाडीको मूल्य ३० हजारभन्दा कम हुने अनुमान गरिएको छ।

कार्यक्रममा एलन मस्क रोबोटट्याक्सीको प्रोटोटाइप लिएर स्टेजमा पुगेका थिए र गाडीको भावी डिजाइनका बारेमा जानकारी दिएका थिए। कार्यक्रमको लाइभ स्ट्रिम सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको थियो। जसलाई ४३ लाखभन्दा बढीले हेरे।

Esewa
Crest

टेस्ला साइबरक्याबको सफलता कम्पनीको राम्रो भविष्यका लागि निकै महत्वपूर्ण रहेको विज्ञहरु विश्वास गर्छन्। किनकि यस परियोजनामा कम्पनीले ठूलो लगानी गरिरहेको रोबोटट्याक्सी उद्देश्यले निर्मित स्वायत्त सवारी (सेल्फ ड्राइभिङ भेहिकल) हो। जसमा स्टेयरिङ ह्विल छैन भने पेडलहरु पनि छैनन्। जसको अर्थ उत्पादनमा जानुअघि सरकारी नियामकबाट स्वीकृति लिनुपर्ने हुन्छ। यसको डिजाइन एकदम भविष्यवादी छ। जसमा पुतलीको पखेटा जस्तै माथितिर खोल्ने ढोका र एउटा सानो केबिनको व्यवस्था गरिएको छ। जसमा दुईजना यात्रुका लागिमात्र सिटको व्यवस्था गरिएको छ।

प्रोटोटाइप मोडललाई हेर्दा यसमा न स्टेयरिङ ह्विल वा पेडल नै रहेको देखिन्छ न त यसमा प्लग चार्ज गर्ने ठाउँ नै छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो रोबोटट्याक्सीले वायरलेस रुपमा बिजुली प्राप्त गर्ने र गाडीको ब्याट्री चार्ज गर्ने बताए। यसको मतलब यो कुनै पनि स्मार्टफोन जस्तै वायरलेस चार्जर प्रविधिले सुसज्जित हुनेछ।

ड्राइभरविहीन कारहरु ड्राइभिङका लागि सुरक्षित छैनन् भन्ने सामान्य धारणा सधैं रहेको छ। स्वायत्त ड्राइभिङले सुसज्जित टेल्साका कारहरुमा पनि धेरै पटक त्रुटिहरु देखिएका छन्। तर, एलन मस्कले भने कि स्वायत्त कारहरु कुनै पनि सामान्य कार (हाल चालकविहीन कारहरु) भन्दा १०–२० गुणा सुरक्षित हुन्छन् र तिनीहरुको लागत सहरी बसहरुका लागि १ डलर प्रतिमाइलको तुलनामा प्रतिमाइल मात्र ०.२० डलर हुन सक्छ। अर्थात् कम्पनीको दाबीलाई विश्वास गर्ने हो भने यो रोबोटट्याक्सी सुरक्षितमात्रै होइन किफायती पनि हुनेछ।

टेस्लाले अर्को वर्ष टेक्सास र क्यालिफोर्नियामा पूर्ण स्वायत्त ड्राइभिङ सुरु गर्ने योजना बनाएको छ। सन् २०२६ सम्म साइबरक्याबको उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। तर, एलन मस्कले सन् २०२७ सम्म पनि लम्बिन सक्ने बताएका छन्। हाल कम्पनीले यस परियोजनामा उत्साहपूर्वक काम गरिरहेको छ। टेस्लाले अप्टिमस रोबोट विकास गर्दैछ। जुन २० हजार–३० हजार डलरमा उपलब्ध हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS