IME Life New

न्युरोड शाखामा हिमालयन बैंकले राख्यो क्यास डिपोजिट मेसिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्युरोड शाखामा हिमालयन बैंकले क्यास डिपोजिट मेसिन राखेको छ । मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड सिधै खाता नम्बर हालेर जम्मा गर्न सकिन्छ। मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने कम्पनीले जनाएको छ। यसबाट खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने छन्।

हिमालयन बैंक लिमिटेडले यही भदौ २७ गतेदेखि न्युरोड शाखामा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ। यस मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झन्झट बिना खातामा रकम जम्मा गर्न तथा झिक्न सक्ने बैंकले जनाएको छ।

Esewa
Crest

हिमालयन बैंकको यो सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने विश्वास बैंकको छ।

हाल बैंकले नेपालभरि ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS