IME Life New

नेसनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रममा २६ अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ।

सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पूरा गर्ने सबै अभिकर्तालाई कम्पनीका सीईओ खत्रीले मायाको चिनो प्रदान गर्नुका साथै स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो।

Esewa
Crest

कार्यक्रममा सीईओ खत्रीले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत सम्मान गरिने कम्पनीको योजना अनुरुप सुदूरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना अभिकर्तालाई सम्मान गरिएसँगै यस स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताए। उनले सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने ३०० भन्दा बढी अभिकर्तालाई हार्दिक बधाइ पनि ज्ञापन गरे।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका सीईओसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासालगायत विविध पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS