IME Life New

नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२% लाभांश बाड्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तलाई नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३४२ प्रतिशत लाभांश वितरण गर्न निर्देशन दिएको छ । कम्पनीलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १७ दशमलव ९३४२ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांशका साथै कर प्रयोजनको लागि ३ दशमलव ६८४२ गरि कुल ७३ दशलमव ६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनकिो यस्तो निर्णयलाई राष्ट्र बैंकले अस्वीकार गर्दै १७ दशमलव ९३४२ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

Esewa
Crest

राष्ट्र बैंकले दिएको यस्तो निर्णय कार्यान्वयन गर्न नसकिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको फागुन १० गते जारी गरेको लाभांश घटाउने संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था बीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने कम्पनीले नेप्सेमार्फत सुचना जारी गर्दै बताएको छ ।

1681779281985

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS