IME Life New

नेशनल सोलारले आइपीओ निष्काशन गर्ने, परामर्शदातामा एनआईसी एशिया क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल सोलार पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटलसँग आईडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। एनआईसी एशिया क्यापिटलले आईडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

Esewa
Crest

नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS