IME Life New

नेशनल लाईफद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनबिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले सो परियोजना कार्यान्वयनका लागि २० लाख आर्थिक सहयोग उपलव्ध गराएको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Esewa
Crest

सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS