IME Life New

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘सेपिङ द फ्युचर’ सम्पन्न, ५ शाखा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सेपिङ द फ्युचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थयो। सम्मेलनको उद्घाटन पानसमा द्वीप प्रज्ज्वलन गरी गर्दै अध्यक्ष सिंहले आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्ने सम्पूर्णलाई बधाइ ज्ञापन गरिन्। साथै, उनले आर्थिक वर्ष २०८०।८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका ५ शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन्।

Esewa
Crest

जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१।८२ का लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जनाभन्दा बढीको सहभागिता थियो।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेका कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचकांकमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने सम्पूर्ण बीमित, अभिकर्ता, र कर्मचारी बधाइको पात्र रहेको बताए। उनले आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले उक्त चुनौती पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे।

यसैगरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरिन्। उनले राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताइन्।

सम्मेलनमा मोटिभेसनल ट्रेनर सुदीप बस्नेतले सहभागी कर्मचारीलाई तालिम प्रदान गरेका थिए भने आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए।

उपस्थित कर्मचारीलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सम्मेलनमा प्रदेशस्तरीय फुटबल प्रतियोगितालगायत सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS