IME Life New

नेशनल लाइफको प्रथम बीमा शुल्क ८% ले वृद्धि हुँदा जीवन बीमा कोष ६८ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा शुन्य दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ९९ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ०२ लाख कमाएको छ ।

कम्पनीले ३ महिनाको अवधिमा ४ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनमा ३ अर्ब २८ करोड नवीकरण बीमा शुल्क र ९० करोड ७२ लाख प्रथम बीमाशुल्क रहेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४ दशमलव २५ प्रतिशतले घटेको छ भने प्रथम बीमा शुल्क भने ७ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ । नवीकरण बीमा शुल्कमा भने ७ दशमलव ०८ प्रतिशतको गिरावट देखिएको छ । पुनर्बीमा गरेर कम्पनीले ४ अर्ब १० करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

५ अर्ब ०१ करोड चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा २ करोड ७८ लाख, महाविपत्ति जगेडामा ४८ करोड ३९ लाख, रिटेण्ड अर्निङ् ४९ करोड ८ लाख र अन्य जगेडामा ४५ करोड ७० लाख संचित गरेको छ । जीवन बीमा कोष ६८ अर्ब ०८ करोड पुगेको छ। जुन ३ दशमलव ४९ प्रतिशतको वृद्धि हो ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ४० पैसा र किताबी मूल्य १२९ रुपैयाँ १२ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS