IME Life New

नेशनल लाइफको प्रथम बीमाशुल्क ३० प्रतिशतले वृद्धि, पहिलो पटक नाघ्यो रू ५ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले एउटै आर्थिक वर्षभित्र पहिलो पटक ५ अर्ब रूपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्दै इतिहास रचेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा नयाँ बीमालेखको बिक्रीबाट प्रथम् बीमाशुल्कवापत ५ अर्ब ५ करोड रूपैयाँ आम्दानी गर्न सफल भएको हो ।

अघिल्लो आव २०७९।८० मा नेशनल लाइफले प्रथम् बीमाशुल्कवापत कुल ३ अर्ब ८७ करोड २१ लाख रूपैयाँ संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत प्रथम बीमाशुल्क आम्दानीमा ३० प्रतिशतको उल्लेख्य वृद्धि दर्ज गरेको छ।

Esewa
Crest

इन्स्योरेन्सले गत आवमा कुल १९ अर्ब २० करोड रूपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सका अनुसार नविकरण बीमाशुल्कवापत १४ अर्ब १४ रूपैयाँ संकलन भएको छ।अघिल्लो आव २०७९।८० मा यो कम्पनीले बीमितबाट १६ अर्ब ४१ करोड ६९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

आर्थिक गतिविधिमा संकुचन आएको समयमा समेत ऐतिहासिक सफलता प्राप्त गर्न संभव बनाएकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारी तथा कम्पनीमा विश्वास राख्दै आएका बीमितहरू प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले हार्दिक आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS