IME Life New

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न गरेको हो ।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले वहाँहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यल व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।

Esewa
Crest

कार्यक्रममा नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको कानुनी व्यवस्था सम्वन्धमा र अभिकर्ता इजाजत पत्र आवेदन सम्वन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदैै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता व्यक्त गरे ।

कम्पनीका बिरगंज शाखाका शाखा प्रमुख प्रकाश कुमार सिंहले संचालन गर्नुभएको सो समारोहमा एमडिआरटी, सिओटी र टिओटीका लक्ष्य पु-याएर सहभागि हुनु भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए ।

सम्मानित बिजनेश लिडरहरुले सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS