IME Life New

नेशनल लाइफः मुख्य सूचकहरुमा सन्तोषजनक प्रदर्शन, नाफा पौने ३९ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। शेयरपुँजी ५ अर्ब १ करोड भएको नेशनल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.३० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ५० करोड ९७ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म महाविपत्ति कोषमा ४७ करोड ८ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ८.२६ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म १३.३७ प्रतिशतले बढेर ७४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

पुष मसान्तसम्म कम्पनीले १२ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्कआर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ११ अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.४४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १२ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ खर्चिएको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.३३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ९.०२ रुपैयाँ थियो। पीई रेसियो ५४.८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS