IME Life New

नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आज विशेष साधारण सभा असार ३ गते गर्ने भएको छ । उक्त सभा धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए प्रतिवेदन तथा स्वाप रेसियो विवरण पारित गर्ने, हालसम्म मर्जरको लागि भए गरेकाकार्यहरुको अनुमोदन गर्ने, मर्जरको लागि बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

Esewa
Crest

नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर हुने गरि मर्जरको लागि स्वाप रेसियो तय भएको छ ।
मर्जरपछि बन्ने कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ ।

नेशनल माइक्रोफाइनान्सले विशेष साधारण सभा प्रयोजनको लागि जेठ २५ गतेदेखि बुक क्लोज गरेको थियो। जेठ २४ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS