IME Life New

नेशनल इन्स्योरेन्स कम्पनी कर्मचारी युनियनको प्रथम अधिवेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित नेशनल इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको आधिकारिक युनियनय नेशनल इन्स्योरेन्स कम्पनी कर्मचारी युनियनको पहिलो अभिवेशन हिजो बीरगन्जमा सम्पन्न भएको छ ।

अनुशासन, विकास र गतिशिलता भन्ने मुख्य नारालाई आत्मसात गरेको युनियनको पहिलो अधिवेशनले ९ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीमा कार्यरत नेपालभरीका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न अधिवेशनले नितेश कुमार दासको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

Esewa
Crest

तीन वर्ष कार्यकाल भएको कार्य समितिको उपाध्यक्षमा शिवजी राज गिरी, महासचिवमा, ऋषिराज सत्याल, सचिवमा निश्चल ताम्रकार, अशोक चापागाँई कोषाध्यक्ष र सदस्यहरुमा, सरोज कुमार सिन्हा, शान्ति तारा मानन्धर, अशुतोष कुमार झा, नरेश यादव निर्वाचित भएका छन् ।

बीरगन्जस्थित कलवार कल्याण धर्मशालामा सम्पन्न प्रथम अधिवेशनमा युनियनका अध्यक्ष झाले समुचित कम्पनीको विकास, व्यवसाय, बृद्धि तथा समृद्धिमा कर्मचारीहरुले भूमिका निर्वाह गर्ने बताउँदै कर्मचारीहरुको हक, हित, भलाईका लागि सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS