IME Life New

नेपाल वेयर हाउजिङले भोलिदेखि आइपीओ विक्री गर्दै, क-कसले भर्न पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निम्बस समूह मुख्य प्रवर्द्धक रहेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले भोलि कात्तिक १० गतेदेखि प्राथमिक शेयर निष्काशन (आइपीओ) गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो। त्यसपछि सर्वसाधारणमा विक्री गर्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँमध्ये २० प्रतिशत बराबर रकमको शेयर निष्काशन गर्नका लागी नेपाल धितोपत्र बोर्डबाट इजाजत पाएको छ। कूल १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

Esewa
Crest

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले कूल १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयरका लागी आवेदन दिन पाउनेछन् । दोश्रो चरणमा २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर मात्र सर्वसाधारणका लागी निष्काशन गरिनेछ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार शेयर कित्ताका लागी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आइपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS