IME Life New

नेपाल लाईफले कर्मचारी स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थप्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थपेकाे छ। स्वेच्छिक अवकाश राेज्नका लागी कर्मचारीले अपेक्षितरुपमा चासाे नदेखाएपछि स्वेच्छिक अवकाश याेजनामा सहभागीताका लागी चैत्र २ गतेसम्मकाे अवधि थपेकाे हाे ।

नेपाल लाईफकाे संचालक समितिले करिब ३०० कर्मचारीलाई स‌ंस्थाबाट बिदाई गर्ने लक्ष्य सहित पहिलाे पटक गत फागुन ५ गते स्वेच्छिक अवकाश याेजना घाेषणा गरेकाे हाे । २०७९ फागुन ८ गतेदेखि २५ गतेभित्रमा निवेदन पेश गर्नका लागि सूचना गरेकाेमा अपेक्षितरुपमा कर्मचारीले सहभागीता जनाएनन् । कम्पनीकाे उच्च व्यवस्थापनले यस अवधिमा कतिपय कर्मचारीलाई अपायक ठाउँमा सरुवा गरेर अवकाश राेज्नका लागी बाध्य बनाउने रणनीति अपनाए पनि ती कर्मचारीले समेत अवकाश राेज्न इन्कार गरेका छन् ।

Esewa
Crest

२५ वर्ष लामाे समय देखि स‌ंचालनमा रहेकाे याे कम्पनीले उच्च माध्यमिक विद्यालय तह (प्लस टु) वा सो भन्दा तल्लो तहको शैक्षिक योग्यता भएका र एक वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीको लागि ‘स्वेच्छिक अवकाश योजना घोषणा’ गरेकाे हाे।

स‌ंचालक समितिले अवकाश योजना रोज्ने कर्मचारीलाई आधारभूत तलब मात्र दिने घोषणा गरेको छ।‌ आधारभूत तलबको आधारमा भुक्तानी लिंदा कर्मचारीले खाईपाई आएको तलब सुविधाको जम्मा ६० प्रतिशत रकम मात्र पाउनेछन् ।‌ यसबाहेक लाभ करको भार समेत थपिने भएकाले अवकाश रोज्ने कर्मचारीहरु अन्यायमा पर्ने देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

16%
sad

दु :खी

6%
amazed

अचम्मित

3%
excited

उत्साहित

69%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS