IME Life New

नेपाल लाईफको पूँजी संरचना परिवर्तन भएपनि बोर्डमा संस्थापककै बाहुल्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पुराना जीवन बीमा कम्पनीको संस्थापकहरुले लगानीबाट प्रतिफल लिनको लागी संस्थापक शेयरको निश्चित हिस्सा साधारण शेयरमा रुपान्तर गरेका छन् । बीमा समितिबाट स्वीकृति लिएर नेपाल लाईफ इन्स्योरेन्स सहित पाँचवटा पुराना जीवन बीमकले कम्पनीको पूँजी संरचनामा संस्थापकको हिस्सा घटाएका हुन् ।

नेपाल लाईफ इन्स्योरेन्सले ६०ः४० को अनुपातमा रहेको शेयर संरचनालाई ५१ः४९ प्रतिशतमा झारेको छ । यसको अर्थ पहिले कूल चुक्ता पूँजीमध्ये ६० प्रतिशत संंस्थापक शेयरधनीको लगानी थियो भने बाँकी साधारण शेयरधनीको । अहिले नयाँ पूँजी संरचना अनुसार संस्थापकको शेयर लगानी ५१ प्रतिशतमा सीमित भएको छ । बाँकी ९ प्रतिशतवापतको शेयर संस्थापकबाट साधारण शेयरमा रुपान्तर गर्दा संस्थापकले दोश्रो बजारबाट मनग्ये आर्जन गर्ने अवसर पाए ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्समा चुक्ता पूँजीको झण्डै आधा हिस्सा सर्वसाधारणले लगानी गरे पनि संचालक समितिमा प्रतिनिधित्वमा झेल भएको छ । अझै पनि पुरानो शेयर संरचना बमोजिम नै संचालक समितिमा संस्थापकहरुकै बाहुल्यता रहेको छ । एकजना स्वतन्त्र संचालक सहित सात सदस्यीय संचालक समिति सदस्यमध्ये चारजना संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् । संस्थापकहरुबाट गोविन्द लाल संघाई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल, कृष्ण राज लामिछाने र विज्ञ संचालकको रुपमा पारुल ढकाल रहेका छन् ।

शेयर संरचनामा भएको परिवर्तनसँगै सात सदस्यीय संचालक समितिमा संस्थापक र साधारण शेयरधनीको तर्फबाट संचालक समितिमा बराबर अर्थात् ३–३ जनाको प्रतिनिधित्व हुनुपर्छ ।

कुन कुन कम्पनीले गरेर शेयर संरचना परिवर्तनः
गुराँस लाईफ इन्स्योरेन्सको संस्थापकले पनि ७०ः३० को शेयर संरचना परिवर्तन गरेर ६०ः४० कायम गरेका छन् । गुराँस लाईफको पाँच सदस्यीय संचालक समितिमा साधारण शेयरधनीको तर्फबाट विशाल टाटेर मात्र प्रतिनिधित्व गरेका छन् । बाँकी चारजना संस्थापक शेयरधनी मात्र छन् । बीमा समितिले २०७८ असार १४ मा शेयर संरचना परिवर्तनको स्वीकृति दिएको थियो ।

एशियन लाईफ इन्स्योरेन्स र प्राइम लाईफका संस्थापकले पनि ७०ः३० बाट अहिले ६०ः४० अनुपातमा शेयर संरचनामा परिवर्तन गरेका छन् । भारतीय संयुक्त लगानीको एलआइसी नेपालले ८०ः२० बाट ७०ः३० मा झारेको छ ।

यी बीमा कम्पनीको शेयर संरचनामा परिवर्तन गर्न इजाजत दिंदा नियामक निकाय बीमा समितिका उच्च पदाधिकारीले हाकाहाकी कमिशन मागेको चर्चा अझै पनि सेलाएको छैन । यी मध्ये केही जीवन बीमा कम्पनीको संस्थापक शेयर रुपान्तरणको लेनदेन(कन्भर्जन डिल) समितिका अध्यक्षको गृह नगरमै भएको सम्बद्ध श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS