IME Life New

नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाल: कुन सूचकमा को तगडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) नेपालमा स्थापित र पुराना जीवन बीमा कम्पनी हुन्। यी तीनै कम्पनीले चालु आर्थिक वर्ष (२०८०।८१) को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजी

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी आवश्यक पर्दछ।

रिटेन्ड अर्निङ

नेपाल लाइफको रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड ८ लाख रुपैयाँ रहेको छ भने नेशनल लाइफको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ रहेको छ। त्यस्तै एलआईसी नेपालको रिटेन्ड अर्निङमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ रहेको छ।

शेयर प्रिमियम

नेपाल लाइफको शेयर प्रिमियममा ४ करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफको शेयर प्रिमियममा २ करोड रुपैयाँ रहेको छ। त्यस्तै एलआईसी नेपालको शेयर प्रिमियममा ६ करोड रुपैयाँ रहेको छ।

अन्य इक्विटी

नेपाल लाइफको अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ रहेको छ भने नेशनल लाइफको अन्य इक्विटीमा ५३ करोड ३० लाख रुपैयाँ रहेको छ। त्यस्तै एलआईसी नेपालको अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोष

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफको जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। त्यस्तै एलआईसी नेपालको जीवन बीमाकोषमा १ खर्ब १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जन

नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले १२ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपालले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जन

नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले १२ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपालले १२ अर्ब ८६ करोड खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफले २ अर्ब १९ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने नेसनल लाइफको १ अर्ब १६ करोड १५ लाख रुपैयाँ रहेको छ। त्यस्तै एलआईसी नेपालको ९३ करोड ५९ लाख रुपैयाँ रहेको छ।

खुद नाफा

तेस्रो त्रैमाससम्म नेपाल लाइफले ६० करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा नेशनल लाइफले ३८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै एलआईसी नेपालले १९ करोड २४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

प्रति शेयरआम्दानी (ईपीएस)

नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.७५ रुपैयाँ छ भने नेशनल लाइफको १०.३३ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको ९.६७ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थ

नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १४८.६५ रुपैयाँ छ भने नेशनल लाइफको १३५.७५ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको २०३.६३ रुपैयाँ छ।

(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS