IME Life New

नेपाल लाइफ, एलआइसी नेपाल, नेशनल र एशियन लाइफलाई दाँजेर हेर्दा (इन्फोग्राफिक सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) र एशियन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी नेप्सेमा कारोवार हुने जीवन बीमा कम्पनीमा पर्दछन् । मर्जरको कारणले गर्दा धेरै कम्पनीको शेयर कारोवार रोक्का रहेको बेला यी चार कम्पनी मर्जरमा गएको छैनन । चार कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको (१२ महिना) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र एशियन लाइफलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रहेको छ त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड हुँदा एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५३ करोड छ ।

Esewa
Crest

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी समितिले तोकेको पुँजी भन्दा पनि धेरै छ ।

जगेडा कोषको आधारमा :
नेशनल लाइफको जगेडा कोषमा ६६ करोड ७१ लाख संचित छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैँया, एशियन लाइफको ५८ करोड ३६ लाख र नेपाल लाइफको जगेडामा २८ करोड ८३ लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाइफ अघि छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ५१ अर्ब १५ करोड रुपैयाँ संचित छ र एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३२ अर्ब ०९ करोड छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
१ वर्षको अवधिमा नेपाल लाइफले ३४ अर्ब ९८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ अर्ब १३ करोड, नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब २८ करोड खुद बीमा शुल्क आर्जन गर्दा एशियन लाइफले ६ अर्ब ८० करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

 

खुद बीमा शुल्क वृद्धि दर :
आर्थिक वर्ष ७८/७९ र ७७/७८ लाई  दाँजेर हेर्दा नेशनल लाइफले १७ दशमलव ८८ प्रतिशतले खुद बीमा शुल्क वृद्धि गरेको छ भने एशियन लाइफले १७ दशमलव १९ प्रतिशत, नेपाल लाइफले ९ दशमलव ४४ प्रतिशत र एलआइसी नेपालले ६ दशमलव ४० प्रतिशतले खुद बीमा शुल्क वृद्धि भएको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको १२ महिनासम्मको अवधिमा ४ कम्पनी मध्ये नेशनल लाइफले ४० करोड ८८ लाख खुद नाफा गर्दा एशियन लाइफले १६ करोड ९४ लाख खुद नाफा गरेको छ । एलआईसी नेपाल ८ करोड ७४ लाख र नेपाल लाइफ ३५ करोड २७ लाख नोक्सानीमा छन् ।

किताबी मूल्यको आधारमा :
४ जीवन बीमा कम्पनी मध्ये एलआइसी नेपालको किताबी मूल्य १३६ रुपैयाँ ७९ पैसा, एशियन लाइफको १२८ रुपैयाँ ३७ पैसा, नेशनल लाइफको १२५ रुपैयाँ १९ पैसा र नेपाल लाइफको ११२ रुपैयाँ २९ पैसा छ ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS