IME Life New

नेपाल लाइफ इन्स्योरेन्सका व्यतित बिमालेखहरु नबिकरणमा छुट सुबिधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न समयमा जारी भएका बिमालेखहरुमा बिमितले कुनै कारणबस समयमै प्रीमियम (किस्ता) बुझाउन नसकेर/छुटेर व्यतित भएका बिमा लेखमा नियम अनुसार लाग्ने हर्जाना (ब्याज) छुटको लागि कम्पनीले सूचना जारी गरेको छ ।

बिमा समितिको नियम अनुसार जिबन बिमा कम्पनीको व्यतित बिमालेखहरुमा बार्षिक १० प्रतिशतले ब्याज लाग्ने ब्यबस्था छ, सोहि व्यवस्था अनुसार नेपाल लाइफ इन्स्योरेन्सले नियम अनुसार लाग्ने ब्याजमा निश्चित समयको लागि २५ प्रतिशत छुटको सुबिधा दिन लागेको हो, यो सुबिधा लिनको लागि २०७५ जेष्ठ ०६ गते देखि २०७५ आषाढ मसान्तसम्म कम्पनीका शाखाहरुमा सम्पर्क गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्स नेपाली लगानीकर्ताहरूद्वारा स्थापना गरिएको नेपालकै प्रथम तथा अग्रणी जिवन बीमा कम्पनी हो। नेपालका ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको छोटो समयमै अत्यन्तै राम्रो व्यवसायीक कारोवारको इतिहाश कायम गर्न सफल भएको छ, हाल कम्पनीले बिमितलाई प्रति हजार ६५ देखि ८२ रुपैयाँ बोनश दिदै आएको छ।

बिमागरि सकेपछि समय समयमा बिमाको किस्ता बुझाउनु पर्ने हुन्छ, समयमा किस्ता नबुझाउदा बिमापोलिसि निस्क्रिय हुने हुदा बिमाको सम्झौता अनुसार कम्पनीले आर्थिक सुरक्ष्य दिदैन तसर्थ बिमाको किस्ता समयमै बुझाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS