IME Life New

नेपाल लाइफ इन्स्योरेन्सका बीमितले पाउने बोनसदर बढेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९।८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको वैशाख १२ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरुअन्तर्गत उक्त आर्थिक वर्षका लागि कायम हुने गरी बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ। कम्पनीले अघिल्लो वर्ष २०७८।७९ कै बोनसदरलाई निरन्तरता दिएको छ। यो हिसाबले बीमित पाउने बोनस यसपालि बढ्न सकेन।

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल)

Esewa
Crest

यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ। यसै पोलिसीको ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ। कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ। यस बीमालेख मात्र कम्पनीले २ लाख ४५ हजार ८७५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)

यस योजनामा बीमितहरुले न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेन्। कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ। कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै बिक्री गरेको छ। यस बीमालेख मात्र कम्पनीले ४१ हजार ९८८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)

यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ५६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ। कम्पनीले ११ देखि १५ वर्ष अवधिको ७६४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १÷विकल्प २’)

यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। ११ देखि १५ वर्ष अवधिका लागि पनि ६० रुपैयाँ, १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ। कम्पनीले ११ देखि १५ वर्ष अवधिको सबैभन्दा बढी ८ हजार ६९६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १’ एकल बीमाशुल्क)

यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। ११ देखि १५ वर्ष अवधिका लागि पनि ५५ रुपैयाँ, १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ। कम्पनीले ११ देखि १५ वर्ष अवधिको सबैभन्दा बढी १ हजार २६९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन)

यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ । कम्पनीले ११ देखि १५ वर्ष अवधिको सबैभन्दा बढी १ लाख २३ हजार ७९४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन सम्वृद्धि)

यस बीमा योजनामा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५० रुपैयाँ बोनसर पाउनेछन् । त्यस्तै, २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन)

यस बीमालेखमा कम्पनीले एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ५० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ । कम्पनीले ११ देखि १५ वर्ष अवधिको ५ हजार ७५६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि)

यस बीमालेखमा कम्पनीले एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ५१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ५१ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ कायम भएको छ । कम्पनीले ११ देखि १५ वर्ष अवधिको २५ हजार ५७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अन्य (जीवन सारथी)

यस बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिका लागि पनि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६६२ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ कायम भएको छ । कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै बिक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले १० हजार ८८३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS