IME Life New

नेपाल लाइफ इन्स्योरेन्सद्धारा तप्लेजुङ्गका पराजुली परिवारलाई १२ लाख ८१ हजार मृत्यु दावी रकम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १४ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा ताप्लेजुङले एक परिवारलाई मृत्यु दावी वापत १२ लाख ८१ हजार रुपैया प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–४ का रामचन्द्र पराजुलीको परिवारलाई उक्त रकम प्रदान गरेको हो ।
स्वर्गिय पराजुलीकी पत्नी कविता खड्कालाई उपशाखा कार्यालय प्रमूख हिमाल राई सहित इन्स्योरेन्समा आवद्ध कर्मचारीको टोलीले मृत्यु दावी रकम प्रदान गरेको हो ।

स्वर्गिय पराजुलीले १ लाख ५१ हजारको १५ वर्षे ‘जीवन सारथी’ बीमा अन्तर्गत ६ पटक गरि ७४ हजार प्रिमियम बुझाउनुभएको थियो । त्यस्तै २० वर्षे ‘नौलो जीवन समृद्धी’ शिर्षकमा २ पटक गरि १ लाख ७७ हजार ७ सय ७४ रुपैयाँ मात्र प्रिमियम बुझाएको उपाशाखा कार्यालयले जनाएको छ ।

Esewa
Crest

१ लाख ५१ हजार ‘जीवन सारथी’ र ‘नौलो जीवन समृद्धी’ १० लाख र २ वर्षको बोनस रकम १ लाख ३० हजार गरि दुई शिर्षक वापत उक्त रकम प्रदान गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ताप्लेजुङ उपशाखा प्रमूख हिमाल राईले जानकारी दिनुभयो ।

स्वर्गिय पराजुलीले ‘जीवन सारथी’ र ‘नौलो जीवन समृद्धी’ शिर्षकमा गरि २ लाख ५१ हजार ७ सय ४४ रुपैयाँ मात्र प्रिमियम बुझाएका पराजुलीको निधन पश्चात परिवारले उक्त रकम प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS