IME Life New

नेपाल लाइफले तिर्यो १ अर्ब बढी कर, अन्य बीमा कम्पनीले कति गरे दाखिला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न बीमा कम्पनीले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीबाट भएको आम्दानीको कर सरकारी खातामा जम्मा गरेका छन्।

सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला सुनाएपछि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले त्यस्ता आम्दानीबापत लाग्ने जम्मा गरेका हुन्। सबैभन्दा बढी कर नेपाल लाइफ इन्स्योरेन्सले तिरेको छ। यो कम्पनीले मात्रै १ अर्ब २ करोड ६७ लाख रुपैयाँ बढी कर सरकारी खातामा दाखिला गरेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको आर्थिक विधेयकमा एफपीओको प्रिमियम तथा मर्जर र प्राप्तिको बार्गेन पर्चेज गेनबापत लाग्ने कर जम्मा गर्न २०८० मंसिर मसान्तसम्मको म्याद दिइएको थियो। सोही म्यादसम्म ती कम्पनीहरुले करबापतको रकम ठूला तथा मध्यस्तरीय करदाता कार्यालयमा जम्मा गरिदिएका हुन्।

कुन बीमा कम्पनीले कति जम्मा गरे ?

  • नेपाल लाइफ इन्स्योरेन्सः १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुपैयाँ
  • नेशनल लाइफ इन्स्योरेन्सः ५ करोड ६२ लाख ५० हजार रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी): १५ करोड रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साबिकको प्रिमियर इन्स्योरेन्स): १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्सः ५ करोड रुपैयाँ
  • नेको इन्स्योरेन्सः ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ
  • एनएलजी इस्न्योरेन्सः ९० लाख रुपैयाँ
  • शिखर इन्स्योरेन्सः ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सः ११ हजार ९०८ रुपैयाँ
  • प्रुडेन्सियल इन्स्योरेन्सः ८७ लाख ५२ हजार ९८८ रुपैयाँ
  • प्रुडेन्सियल इन्स्योरेन्स (आइएमई जनरल इन्स्योरेन्स): ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सः २ करोड ८० लाख ७ हजार ३२० रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः २ करोड ६८ लाख रुपैयाँ
  • एभरेस्ट इन्स्योरेन्सः २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्यरेन्सः १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

83%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS