IME Life New

नेपाल लाइफको सञ्चालक समितिको संरचनामा हेरफेर, संस्थापकबाट एकजना बाहिरिंदा पब्लिकबाट थपिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको संरचना परिवर्तन हुने भएको छ। शेयर स्वामित्वको अनुपातमा संस्थापक र साधारण शेयरधनीको तर्फबाट बराबर प्रतिनिधित्व हुने गरी इन्स्योरेन्सको २३ औं र २४ औं संयुक्त वार्षिक साधारण सभाले सञ्चालक समितिको संरचना परिवर्तनको प्रस्ताव अनुमोदन गरेको हो।

इन्स्योरेन्सको नियमावलीमा गरिएको संशोधन अनुसार ७ सदस्यीय सञ्चालक समितिमा संस्थापक र साधारण दुबै शेयरधनीका तर्फबाट बराबर संख्यामा अर्थात् ३ -३ जना सञ्चालक नियुक्त हुनेछन् । यसबाहेक अर्को एकजना स्वतन्त्र सञ्चालकलाई सञ्चालक समितिले मनोनित गर्नेछ ।

Esewa
Crest

सञ्चालक समिति सदस्यहरूमध्ये गोविन्द लाल संघइ, कमलेश अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्याण चार वर्षे कार्यकालका लागि २०७८ चैत्र २३ गते सञ्चालक समिति सदस्य पदमा निर्वाचित भएका हुन् । यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट विमल प्रसाद ढकाल र कृष्ण राज लामिछाने २०७७ फागुन ११ गते निर्वाचित भएका हुन् ।

कथित स्वतन्त्र सञ्चालक पारूल ढकाल २०७८ चैत्र २३ गते मनोनित गरिएकी हुन् । स्वतन्त्र सञ्चालक नियुक्त हुनु अघिसम्म पारूल संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा थिइन् ।१८ औं, १९ औं र २० औं साधारण सभासम्म संस्थापक तर्फको सञ्चालक रहेकी पारुल २१ औं साधारण सभाबाट एक्कासी स्वतन्त्र संचालकको रूपमा उदाएको घटनाले नेपाल लाइफ भित्रको संस्थागत सुशासनको अवस्थालाई उदाङ्गो पारिदिएको छ।

संस्थापक शेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा सीमित गरि सक्दा समेत सञ्चालक समितिमा संस्थापककै बाहुल्यताको विषयलाई इन्स्योरेन्स खबरले प्रमुखताका साथ उजागर गरेको थियो । इन्स्योरेन्स खबरको पहलपछि नियामक नेपाल बीमा प्राधिकरणले सबै बीमकलाई सञ्चालक समितिको संरचनामा शेयर स्वामित्वको अनुपातको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि पनि अझैसम्म केही बीमकले सञ्चालक समितिको संरचना परिवर्तन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS