IME Life New

नेपाल लाइफको सञ्चालकको निर्वाचन नहुने, अदालतले दियो यस्तो आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भोलि माघ २८ गते हुने २५ औँ वार्षिक साधारणसमा सञ्चालकहरुको निर्वाचन नहुने भएको छ।

उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजरालले दिएको आदेशबमोजिम नेपाल लाइफको वार्षिक साधारणसभामा सञ्चालकहरुको निर्वाचन नहुने भएको हो। सभाले सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको थियो।

Esewa
Crest

सर्वसाधारणबाट कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल, शर्मिला श्रेष्ठ महर्जन, खेतु थापा र सारथी इक्विटी फन्डका तर्फबाट प्रतिनिधि कोषराज सुवेदी उम्मेदवार रहेका छन्। कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालक समितिमा कम्तीमा एकजना महिला सदस्य सञ्चालकमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ। तर, सोबमोजिम नहुने देखिएपछि सञ्चालककी उम्मेदवार थापाले कम्पनी प्रबन्धपत्र र नियमावलीमा परिमार्जन नगरी सञ्चालक समितिको निर्वांचन नगर्न र नगराउन भन्दै उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सोही रिटमा सुनुवाइ गर्दै अदालतले माघ २७ गते १५ दिनभित्र यस सम्बनधमा कम्पनीलाई लिखित जबाफ पेस गर्न आदेश दिएको हो। सोही कारणले अब भोलि माघ २८ गतेका लागि तय गरिएको वार्षिक साधारणसभामा कम्पनीको सञ्चालकहरुको निर्वाचन नहुने पक्का भएको हो।

कम्पनीको वार्षिक साधारणसभा भने हुनेछ। सञ्चालक समितिको निर्वाचनबाहेक अन्य अजेन्डा भने साधारणसभामा पेस गरिनेछ।

high court patan

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS