IME Life New

नेपाल लाइफको संस्थापक शेयरधारण गरेकी पारूल ढकाल ‘अवैध स्वतन्त्र सञ्चालक’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी नै तीन वर्षदेखि अवैधरूपमा स्वतन्त्र सञ्चालकको हैसियतमा प्रतिनिधित्व गरिरहेको पाइएको छ। संस्थापक शेयरधनी पारूल ढकाल स्वतन्त्र सञ्चालकको आवरणमा सञ्चालक समितिमा रहेकी हुन् ।

नेपाल लाइफको सञ्चालक समितिले २०७८ चैत्र २३ गतेदेखि लागू हुने गरी ढकाललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो। नेपाल लाइफले प्रकाशन गरेको २३ र २४ औं संयुक्त वार्षिक प्रतिवेदनमा प्रकाशित विवरण अनुसार स्वतन्त्र सञ्चालक ढकालसँग संस्थापक शेयरधनीको हैसियतमा १९३ कित्ता शेयर रहेको छ। २०३ कित्ता साधारण शेयर छ।

Esewa
Crest

ढकालसँग भएको संस्थापक शेयरको स्वामित्वले उनको नेपाल लाइफ इन्स्योरेन्समा प्रत्यक्ष वित्तीय स्वार्थ रहेको प्रष्ट हुन्छ । बीमा ऐन २०७९ को दफा ४९ को प्रतिबन्धात्मक वाक्यमा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन नसक्ने प्रावधान छ ।

बीमा ऐन २०७९ को दफा ४९ को प्रतिबन्धात्मक वाक्यांश

दफा ४९ को प्रतिबन्धात्मक वाक्यमा प्रष्ट लेखिएको छ, ”तर बीमकको सञ्चालक, सञ्चालकको एकाघर परिवारको सदस्य, लेखा परिक्षक, परामर्शदाता तथा बीमकको आधारभूत शेयरधनी वा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैन ।”

२०७९ कात्तिक २२ गतेदेखि बीमा ऐन २०७९  लागू भएलगत्तै पनि स्वतः ढकाल पदमुक्त हुनुपर्ने हो, तर ऐनको प्रावधान उलंघन गर्दै ढकाललाई नेपाल लाइफको सञ्चालक समितिले निरन्तरता दिंदै आएको छ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशिल देव सुवेदीले संस्थापक शेयर ग्रहण गरेको व्यक्ति स्वतन्त्र सञ्चालक पदमा रहन नपाउने बताए ।  हजारौं शेयरधनी हुने कम्पनीमा कसको स्वामित्वमा के कति शेयर छ भन्ने एक एक जानकारी प्राधिकरणलाई नहुन सक्छ,उनले इन्स्योरेन्स खबरसँग भने, त्यसैले सञ्चालक पदमा नियुक्त हुनु अघि नै यो विषयमा प्राधिकरणले बीमकसँग वित्तीय स्वार्थ रहे नरहेको स्वघोषणा सञ्चालकसँग मागेको हुन्छ।

नेपाल लाइफको सञ्चालक समिति सदस्यहरूको शेयर स्वामित्व संख्या

ढकालले बीमा नियामक प्राधिकरणलाई ढाँट्नुको साथै बीमा ऐनको समेत उलंघन गरेकाले उनलाई निलम्बन गर्ने मात्र नभएर सञ्चालकको हैसियतमा आर्जन गरेको भत्ता र अन्य सुविधा सहितको रकम समेत जरिवाना सहित असुल उपर गर्नुपर्छ। नियामकलाई ढाँटेकोमा सञ्चालक समितिलाई समेत प्राधिकरणले कारवाही गर्नुपर्छ।

प्राधिकरणले ढकालको गैर कानूनी नियुक्तिको सम्बन्धमा गर्ने कारवाही नेपालको बीमा क्षेत्रका लागि स्वतन्त्र सञ्चालकको कर्तव्य र सीमाको सम्बन्धमा नजिर स्थापित गर्नेछ।

संस्थापकको हैसियतमा शेयरधनी हुने र स्वतन्त्र सञ्चालकको रूपमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कार्य सिधै संस्थागत सुशासन विपरित हो । स्वतन्त्र सञ्चालकले अन्य सञ्चालकहरूलाई कम्पनीको हितमा सुझाव दिने, गलत कार्य गर्न लागेको छ भने खबरदारी गर्ने कर्तव्य हो। तर संस्थापक शेयरधनी बनेर सञ्चालक समितिमा रहेकी ढकालबाट यस्तो कर्तव्य पालनाको अपेक्षा गर्न स्वार्थको द्वन्द्वले नै दिंदैन ।

नेपाल लाईफको १८ औं, १९ औं र २० औं साधारण सभासम्म कम्पनीको संस्थापक तर्फको सञ्चालक रहेकी पारुल ढकाल २१ औं साधारण सभापछि एकाएक स्वतन्त्र संचालक पदमा नियुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS